रजनीशका सम्भोग–सूत्र


२२ जेष्ठ २०७५, मंगलवार
rajanish

काठमाडौं, २२ जेठ । चर्चित पुस्तक सम्भोगदेखि समाधिसम्मका लेखक ओशो रजनीशलाई पत्रकारले सोधे–‘तपाईं सेक्सगुरु हो ?’ रजनीशले भने, ‘यो संसार विक्षिप्त हो, म होइन । मेरो नामबाट ६५० कृति प्रकाशित छन्, बाँकी पुस्तकको किन कोही चर्चा गर्दैन ?’

rajanish
अध्यात्म दार्शनिक रजनिश । तस्विर : गुगल

यही पुस्तकका कारण यी रजनीशलाई ‘सेक्सगुरु’ उपाधि दिनु न्यायसंगत हो कि होइन, त्यसमा बहस गर्न सकिन्छ । यद्यपि, यो पुस्तक रजनीशको ‘मास्टरपिस’ मान्ने गरिन्छ यस कृतिमा रजनीशले तन्त्रले बताएका सम्भोग पद्धतिहरूको विस्तृत व्याख्या गरेका छन् । उनी भन्छन्,‘सम्भोग एक मिनेटमा टुंगियो भने मानिस फेरि सम्भोग गर्न आतुर हुन्छ । तीन मिनेटसम्म लम्बियो भने एक सातासम्म सम्भोगको याद पनि आउँदैन । सात मिनेटसम्म लम्बिएमा तीन महिनाका निम्ति सम्भोगको कल्पना पनि आउँदैन । यदि तीन घण्टासम्म लम्बियो भने जीवनभरका निम्ति तृप्ति हुन्छ ।’

सामान्यतया सम्भोग हाम्रा निम्ति क्षणिक सुखानुभूति हो । यसलाई तीन घण्टा लम्ब्याउने कुरा अपत्यारिलो र केही अव्यावहारिक पनि लाग्छ । जे भए पनि रजनीशको तर्कअनुसार, तलका विधि अपनाएर सम्भोगलाई तीन घण्टा लम्ब्याउन सकिन्छ ।

पहिलो सूत्रः सम्भोगका बेला लामो र गहिरो श्वास लिने र क्रमशः श्वासलाई शिथिल पार्नुहोस् । यति शिथिल कि मानौं श्वास चलिराखेकै छैन । श्वास जति शिथिल हुन्छ, उति सम्भोगको अवधि विस्तार हुन्छ ।

दोस्रो सूत्र : सम्भोगको क्षणमा ध्यान दुवै आँखाको बीच अर्थात् आज्ञाचक्रमा केन्द्रित गर्नुहोस् । यसरी ध्यान सम्भोगमा नभई अन्यत्र केन्द्रित गर्दा पनि ‘ड्युरेसन’ बढ्छ, आनन्दमा कमी आउँदैन ।

तेस्रो सूत्र : सम्भोग आरम्भ गर्दा आफूलाई मनपर्ने देवताको मन्दिरमा प्रवेश गर्दाको जस्तो पवित्र भावदशा धारण गर्नुहोस् । त्यसबखत हामी समयशून्य अस्तित्वसँग एकाकार हुने चरणमा हुन्छौं । ठीक त्यही बेला हो, कुनै अदृष्य स्रष्टाले सृष्टि गर्ने, नयाँ जीवनलाई जन्म दिएर । यतिखेर हामी त्यो स्रष्टाको निकटतम् हुन्छौं ।

समाधि अर्थात् समयशून्यताको स्थिति अनुभूति गर्न सम्भोग साधन हुन सक्दछ भन्ने रजनीशको तर्क हो । उनी भन्छन्, ‘मानिसको हृदयमा हुने सम्भोगप्रतिको आकर्षण, आतुरता वा व्यग्रता समाधिका निम्ति हो, समयशून्यताको अनुभूतिका निम्ति हो । जो व्यक्ति सम्भोगको सम्पूर्ण रहस्य जान्न समर्थ हुन्छ, उसका लागि सम्भोग व्यर्थप्रायः हुन्छ । ऊ सम्भोगलाई अतिक्रमण गरेर पार हुन्छ ।’

यौनका सम्बन्धमा अनुदार पूर्वीय समाजमा सम्भोगलाई सहज रूपमा लिन सिकाउन रजनीशले ठूलै साहसिक पहल गरेका हुन् । यो पहलका लागि उनी बन्दनीय मानिन्छन् । यौनको खुलेआम प्रचार गरेर वा विवादास्पद जीवन बिताएर उनी जति दुष्प्रचारित भए पनि हामीले बुझनैपर्ने एउटा मुख्य कुरा हो–मानिस सम्भोगबाट जन्मन्छ । मानिसको मनोविज्ञान सम्भोगको ऊर्जाद्वारा संरचित हुन्छ । उसको सम्पूर्ण अस्तित्व सम्भोगको ऊर्जाले भरिएको हुन्छ । जीवनको एउटा मुख्य ऊर्जा सम्भोगको ऊर्जा हो । यस कुरालाई आधुनिक मनोविज्ञानले पनि स्वीकारिसकेको छ । यो ऊर्जालाई भरपूर उपयोग किन नगर्ने ? एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७