भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

काठमाडौं, २२ जेठ । भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मंगलबार दुर्घटनामा परेकोे छ ।
भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मंगलबार जनाएको छ ।
जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको छ । गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । यस विमानमा रहेका एक जना विमान चालकको मृत्यु भएको छ ।
उनको नाम सञ्जय चौहान रहेको अधिकारीहरुले बताएका छन् । यस वर्षमा भारतीय हवाई बलका विमान पटक–पटक दुर्घटनामा परेका छन । गत अप्रिलमा उत्तराखण्ड राज्यमा एम १७ हेलिकोप्टर दुर्घटना भएको थियो तर, यसमा सवार भएका ६ जना यात्रु नै बाँचेका थिए ।
त्यसैगरी भारतको पूर्वी राज्य उडिसामा गत मार्चमा एक विमान दुर्घटना भएको र यसमा विमान चालक घाइते भएका थिए । गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो । एजेन्सी