छाता, रेनकोट किन्नु भयो ? केहि दिनमै भित्रिंदैछ मनसुन


२२ जेष्ठ २०७५, मंगलवार
mausam1

काठमाडौं, २२ जेठ । प्रि–मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुङ्गामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।mausam1

मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन शुरु हुनु पूर्वको अवस्था (मनसुन सिनारियो) हो । मनसुन शुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ । मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ । ‘वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेवरेवल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ, चाँडै (दुई–चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ’, मौसमविद् पौडेलले भने ।

सामान्यतः मनसुन शुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ ।

मनसुनका लागि यी मापदण्ड चाहिन्छ

नेपालमा सामान्यतः मनसुन शुरु हुन निश्चित मौसमी मापदण्ड चाहिन्छ । मौसमविद्का अनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ । भारतीय अकाशको माथिल्लो वायुमण्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ । त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदण्ड नपुगेका कारण मनसुन पूर्ण सक्रिय बन्न सकेको छैन ।

माथिका मापदण्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमण्डलमा रहेको ‘जेट स्ट्रिम’ करीब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ । मौसमविद् बरुण पौडलका अनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ तर, अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमा मात्रै वर्षा केन्द्रित छ । आज तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ । अपराह्नतिर काठमाडौँसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७