प्रहरी हेडक्वार्टरमा गृहमन्त्री लामिछाने (फोटो फिचर)


२७ फाल्गुन २०८०, आईतवार
Home minister rabi lamichhane 5

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक बसन्त कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई लगायतका उच्च अधिकृतहरुले स्वागत गरे ।

स्वागत कार्यक्रममा गृहमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने बताए । उनले भने, ‘म कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यस वापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन । केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएको हुँ । त्यसमा तपाईंहरुको सहयोग मिल्नेछ भन्ने ठानेको छु ।’

उनले प्रहरी अधिकारीहरुलाई आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन र अनावश्यक भारी नबोक्न, निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्न निर्देशन दिए । भने, ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् । अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस् । नीति र विधिभित्र रहेर काम गर्नुहोस् । कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ ।’

गृहमन्त्री लामिछानेले ३० वर्षे अवधि हटाउनु पर्ने पनि बताए । उनले भने, ‘तीस वर्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ । तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ । यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ । कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ । व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ ।’

Home minister rabi lamichhane 1
Home minister rabi lamichhane 7
Home minister rabi lamichhane 6
Home minister rabi lamichhane 4
Home minister rabi lamichhane 3
Home minister rabi lamichhane 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७