लोकसेवा आयोगले बनायो तीन वर्षीय रणनीतिक योजना


२२ जेष्ठ २०७५, मंगलवार
loksewa

काठमाडौं, २२ जेठ । लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीन वर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ ।
करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । loksewa

संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई प्रविधिमैत्री बनाउने लगायत विषय योजनामा समावेश गरिएको छ । वार्षिकोत्सव मनाउन आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आठ सदस्यीय समिति निर्माण गरिएको छ ।

यसैबीच सरकारी सञ्चारमाध्यमका प्रतिनिधि र आयोगको प्रचारप्रसार उपसमितिको आज बसेको बैठकले वार्षिकोत्सवका अवसरमा संगठनको इतिहास र विभिन्न गतिविधि ‘गोरखापत्र’ मा प्रकाशन गरिने निर्णय गरेको छ । आयोगले रेडियो नेपालबाट परिसंवाद कार्यक्रम चलाउने तथा निजी राष्ट्रिय दैनिक तथा विद्युतीय सञ्चारमाध्यमलाई संगठनको वार्षिकोत्सवका सन्देश तथा सूचना प्रवाहका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७