काठमाडौंमा चीनको अनुदानमा रेल आउँछ : डा. भट्टराई


२२ जेष्ठ २०७५, मंगलवार
Rajan Bhattarai thketZVeqA

काठमाडौं, २२ जेठ । नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीयाँ अनुदानमै आउने बताएका छन् ।

Rajan Bhattarai thketZVeqA
नेकपा नेता डा. राजन भट्टराई

रिपोर्टर्स क्लब नेपालले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले नेपालीको रेल चढ्ने सपना चाँडै पूरा हुने दावी गरे । उनले भने,‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हामी आन्तरिक स्रोतले रेलमार्ग बनाउन सक्ने अवस्थामा छैनौं, त्यसैले चीनले अनुदानमा बनाई दिए मात्रै काठमाडौंमा रेल आउँछ ।’

नेता भट्टराईले वर्तमान प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौताहरुलाई कार्यान्वयनमा लैजान यस पटक प्राथमिकता दिइने बताए । चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर टा«न्समिसन र आर्थिक लगानी तथा द्धिपक्षीय व्यापार लगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चीनीयाँ पक्षसँग कुरा गरिने उनले जनाए ।

विगतमा भएका सहमतिको कार्यान्वयन र नेपालमा विदेशी लगानी भित्र्याउनका लागि सरकारले नीतिगत स्थायित्वको विश्वास दिलाउन सक्नुपर्ने बताउँदै नेता भट्टराईले भने, ‘अहिले सरकार यसैको आन्तरिक गृहकार्यमा जुटेको छ, चीन भ्रमणको क्रममा नेपालमा लगानी भित्र्याउन हामीले विश्वासको वातावरण बनाउनु पर्छ ।’ भट्टराईले विश्वमै सबैभन्दा बढि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गर्ने देश चीन भएकाले नेपालले पनि चिनियाँ लगानी भित्र्याउन यो भ्रमणलाई महत्वपूर्ण अवसर बनाउनुपर्ने बताए । उनले नेपालको कृषि क्षेत्रलाई आगामी दिनमा सेवामूलक क्षेत्रको रुपमा विस्तार गर्न तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७