विश्वकपको अवसरमा एलजीको ‘क्यास व्याक’ अफर

काठमाडौं, २२ जेठ । टेलीभिजन कम्पनी एलजीले विश्वकप फुटबल–२०१८ को अवसरमा ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ । ‘विश्वकै उत्कृष्ट गेम विश्वकै वेस्ट टिभीमा हेर्नुहोस्’ भन्ने नाराका साथ ५ हजार ४ सय २४ रुपैयाँमा ३० एमबीपीएसको फ्रि भायनेट ३ महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ ।
त्यस्तै हरेक हप्ता ग्राहकहरूलाई गोलाप्रथामार्फत ४३ इन्चको एलजी स्मार्ट टिभी प्रदान गर्नेछ । एलजी ब्राण्डका सम्पूर्ण टिभीहरूको खरिदमा विश्वकप विशेष छुट अफर समेत ल्याएको छ ।