राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज


२९ फाल्गुन २०८०, मंगलवार
Upper House Nepal

काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज (मंगलबार) मतदान हुँदैछ । संसद सचिवालयले हिजो सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

संसद सचिवालयका अनुसार बिहान ११ः०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेद्वार दाहाल र प्रतिपक्षीबाट शर्माले आफ्नो उम्मेद्वारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्षबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेद्वार शर्माको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ र शेखरकुमार सिंह (लोसपा) रहेका छन् ।

received 244239685433163.jpeg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७