नयाँ रूपमा देखियो ८०० वर्ष पुरानो भक्तपुरको भाज्या पुखु


२९ फाल्गुन २०८०, मंगलवार
Pokhari bkt1

भक्तपुर । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय बर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाई गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित संख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरुको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्व विभाग, विश्वविद्यालयहरु र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए ।

उनले प्राचीन सम्पदाहरुबारे स्कूल कलेजहरुमा अध्यापन गरी नयाँ पुस्ताबीचमा यस्ता सम्पदाहरुको इतिहास थाहा दिलाउनु पर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने बताए । वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले एक दुई वर्षको अन्तरालमा महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण भइरहेको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको पुनर्निर्माण अग्रजहरुको सचेतनाको चिनो भएको बताए ।

Pokhari bkt

यो कार्य इतिहासमै गौरवशाली दर्पण र सुन्दर अभिलेख भएको उनको भनाइ छ । पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले मौलिक र पुरानै शैलीमा सम्पदाहरुको निर्माण पुनर्निर्माण गर्न जोड दिएका थिए । कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको बताउँदै प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताइन् ।

उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताइन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त संग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धनमा सबैको साथ रहेको बताइन् । उनले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने बताइन् । इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ८ सयवर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगढहरु पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७