जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, उपनिर्वाचनमा उम्मेदवार उठाउने


२९ फाल्गुन २०८०, मंगलवार
ck raut prachanda1669907478 1536x808 1
फाइल फोटो

काठमाडौं । चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । फागुन २३ गतेको सचिवालय बैठकले नयाँ गठबन्धनअन्तर्गत गठबन्धमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको राष्ट्रिय प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन् ।

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) मा जनमत पार्टीले उम्मेदवार उठाउने निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै, गत माघ ८ गते सप्तरीमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय भएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि (बुधबार) विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीलाई नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाज पार्टी, एकीकृत समाजवादीले वर्तमान सरकारलाई समर्थन गरेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी विपक्षमा छन् ।

jana

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७