लुम्बिनी प्रदेशका पूर्व प्रमुख यादवको निधन


३० फाल्गुन २०८०, बुधबार
1 DharmaNath prasad Yadav UC1zRlc07E

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व प्रमुख धर्मनाथप्रसाद यादवको निधन भएको छ । सिरहा गोलबजार नगरपालिका–६ खरहीटोलका यादवको ८० वर्षको उमेरमा मंगलबार निवासमै निधन भएको हो ।

पछिल्लो समयमा उनी पक्षघातका बिरामी थिए । पेशाले शिक्षक यादव उनी २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०४६ सालपछि शिक्षक पेशा छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४८ र २०५१ मा तत्कालीन सिरहा–३ बाट प्रतिनिधिसभाका लागि एमालेबाट उम्मेदवार बनेका थिए ।

उनलाई मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । २०७८ साउन १२ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७