धोकाको आरोप मलाई ओलीले लगाउन मिल्छ तर, कांग्रेसले मिल्दैन : प्रधानमन्त्री

‘कांग्रेसका साथीहरूले राजनीतिक प्रक्रियाको अराजनीतिक व्याख्या गर्नुभयो’


३० फाल्गुन २०८०, बुधबार
prachanda 11

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई धोका दिएको भन्न नमिल्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘धोकाको आरोप त बरू मलाई प्रधानमन्त्री बनाउन लाग्ने दलहरू र केपी शर्मा ओलीले लगाउन मिल्छ कांग्रेसले आरोप लगाउन मिल्दैन’ प्रधानमन्त्री प्रचण्डले भने । त्यस्तै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको बताए ।

‘चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ’ प्रधानमन्त्री प्रचण्डले भने । ‘विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।
‘कांग्रेसका साथीहरूले राजनीतिक प्रक्रियाको अराजनीतिक व्याख्या गर्नुभयो’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए ।

‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।’ संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७