लेखकलाई प्रधानमन्त्रीको जवाफ : प्रतिपक्षमा गएपछि निहुँ खोजे शान्ति प्रक्रिया कहिल्यै टुंगिदैन

‘अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ’


३० फाल्गुन २०८०, बुधबार
prachanda 12 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षमा पुगेपछि निहुँ खोजिए शान्ति प्रक्रियाको काम कहिल्यै नटुंगिने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकको रोस्ट्रमबाट विश्वासको मत माग्दै उनले शान्ति प्रक्रियाको काम टुंगो लगाउने जिम्मेवारी कांग्रेसको पनि उत्तिकै भएको बताए ।

‘मलाई मनपर्ने दोस्रो तहको नेतामध्येका एक रमेश लेखकले बढो कलात्मक ढंगले अस्ती कुरा उठाउनु भयो’, उनले भने, ‘जो प्रतिपक्षमा बस्यो उसैले निहुँ खोज्यो भने त्यो कहिले टुंगिदैन । तर, नेपाली कांग्रेसले बाँकी काम टुंगोमा पुराउन आवश्यक छ । अब कांग्रेसले त्यही बाटो नपकडोस् । सहमतिले टुंगो लगाउ ।’
‘अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दलहरूले आगामी दिनमा पनि सहमति र सहकार्यका साथ अगाडि बढ्नु पर्ने बताएका छन् । संसदमा विश्वासको प्रस्ताव राख्ने क्रममा बुधबार प्रधानमन्त्री दाहालले सबै दलहरू राज्य सञ्चालनमा सहभागी रहेको पनि स्मरण गराए ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई सहमति र सहकार्यमा अगाडि बढ्नुपर्ने आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ,’ उनले भने, ‘राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीबाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले )को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट ।’

यो शक्ति विन्यासमा आफ्नो ठूलो भूमिका रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री दाहालले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा आफ्नो निर्णायक भूमिकामा आफूलाई गर्व रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७