संसदमा सीके राउतको व्यङग्य : बरू एलिना चौहानको गीत गाई दिएको भए हुन्थ्यो


३० फाल्गुन २०८०, बुधबार
ck raut

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) ले गठबन्धन परिवर्तनबारे लामो भाषणभन्दा एलिना चौहानको गीत गाई दिन अनुरोध गरेका छन् । आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा राखेको विश्वासको प्रस्तावबारे छलफलमा बोल्दै अध्यक्ष राउतले लामो फेहरिस्तको सट्टा एलिना चौहानको गीत गाइदिन भन्दै व्यङग्य गरेका हुन् ।

‘सबै दलका कुरा घण्टौंसम्म सुन्दा लाग्थ्यो; त्यो भन्दा बरू एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो । लामो फेहरिस्त दिनै पर्दैन थियो,’ उनले भने । राउतले पटक पटक गठबन्धन बनाउने र फुटाउनेले जनताले के पाए भन्ने कुरालाई ध्यान नदिएको बताए ।

उनले गठबन्धन गर्ने प्रवृत्ति रोक्न ऐन कानुन ल्याउनुपर्ने कि त व्यवस्थै परिवर्तन गर्नुपर्ने बताए । ‘जनताले हामीलाई दिएको विश्वासका मत बचाउन सकेका छैनौं । कहिले यता कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रूपमा जनताकै हातमा सुम्पौं । जनताले प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७