प्रतिनिधिसभाको बैठक बस्दै, निजामति विधेयक प्रस्तुत हुने


१ चैत्र २०८०, बिहीबार
samsad 1 scaled

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन् ।

मन्त्री जोशीले नै ‘निर्माणमुखी सामग्री (ब्यवस्थापन तथा नियमन) विधेयक–२०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । साथै, आ.व. २०८१/२०८२ को लागि विनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

s 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७