१ अर्ब ६८ करोड ठगी गरेका हाउजिङ व्यवसायी बस्नेत साढे ३ करोड धरौटीमा छुटे


२२ जेष्ठ २०७५, मंगलवार
0 Shares
sudhir basnet

काठमाडौं, २२ जेठ ।  विभिन्न ७ वटा कम्पनी, बैंक र सर्वसाधारणबाट डेढ अर्ब ऋण उठाएर अनियमितता गरी थुनामा रहेका घर जग्गा व्यवसायी सुधिर बस्नेत धरौटी छुटेका छन् ।sudhir basnet

जिल्ला अदालत भक्तपुरले तोकेको १२ लाख रूपैयाँ धरौटी तिरेपछि बस्नेत आइतबार साँझ काठमाडौंको डिल्लीबजार कारागारबाट छुटेका हुन् । विभिन्न ४ अदालतमा विचाराधीन दर्जन बढी मुद्दाका प्रतिवादी बस्नेत १२ पुस २०७३ मा पक्राउ परी जेल चलान भएका थिए । हाउजिङ व्यवसायी बस्नेतले ७ वटा कम्पनी र आफ्नो व्यक्तिगत नाममा गरी कूल १ अर्ब ६८ करोड रूपैयाँ ऋण उठाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बस्नेतले विभिन्न वाणिज्य बैंकबाट व्यक्तिगत नाममा मात्रै २४ करोड ऋण लिएका थिए । त्यस्तै ओरेन्टियल बिल्डर्सको नाममा ३४ करोड, आयुसा बिल्डर्सको नाममा २१ करोड, कोहिनूर बिल्डर्सको नाममा १४ करोड, कोहिनूर हिल हाउजिङको नाममा ५६ करोड, रोसिडेल डेभ्लपर्सका नाममा ११ करोड ५० लाख, बीबी नेपाल ट्रेड कन्सर्नका नाममा ३ करोड ५० र दिपाज बिजनेस कन्सर्नका नाममा ४ करोड रूपैयाँ ऋण उठाएका थिए ।

ऋणको भाका नाघेर पनि चुक्ता नगरेपछि बस्नेतविरुद्ध विभिन्न व्यक्ति, बैंक तथा वित्तिय संस्थाहरुले अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत काठमाडौंले बस्नेतलाई २ करोड धरौटी र २ वर्ष जेल सजाय तोकेको थियो । पछि उच्च अदालतले काठमाडौं जिल्ला अदालतको आदेश उल्टाउँदै २ करोड धरौटीको सजायसम्बन्धी आदेश सदर गरेको थियो । बस्नेतविरुद्ध स्याङ्जा जिल्ला अदालतमा पनि मुद्दा दायर थियो । स्याङ्जा जिल्ला अदालतले बस्नेतविरुद्ध १ करोड ५० लाख रूपैयाँ धरौटीको फैसला सुनाएको थियो ।

jagdamba.cement
rbbbb

यस्तै भक्तपुर जिल्ला अदालतले २ वटा फरक फरक मुद्दामा एउटामा ७ र अर्कोमा ५ लाख रूपैयाँ धरौटीको फैसला सुनाएको थियो । अदालतले तोकेको धेरौटी नतिरी फरार रहेका बस्नेतलाई प्रहरीले १२ पुस २०७३ मा काठमाडौंको धापासीबाट पक्राउ गरेको थियो ।
धरौटी बुझाउन नसकेपछि जेल गएका बस्नेतले १७ महिनाको अवधिमा अदालतले तोकेको ३ करोड ६२ लाख रूपैयाँ बराबरको धरौटी बुझाएका छन् । उनले काठमाडौं जिल्ला अदालतले तोकेको २ करोड रूपैयाँको धरौटीका लागि ४ करो ४५ लाख रूपैयाँ मूल्याङ्कनको जग्गा ग्यारेन्टीमा रोखेका छन् । यस्तै भक्तपुर जिल्ला अदालतले २ फरक फरक मुद्दामा तोकेको १२ लाख रूपैयाँको धरौटीका लागि पनि जग्गा नै ग्यारेन्टीमा राखेका छन् । स्याङ्जा जिल्ला अदालतले तोकेको १ करोड ५० लाख रूपैयाँको धरौटीका लागि पनि बस्नेतले जग्गा नै ग्यारेन्टीमा राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७