चीनले गरे गृहमन्त्रीको प्रशंसा, सुन तस्करी नियन्त्रणमा सहयोग गर्न चीनलाई गृहमन्त्रीको आग्रह


२२ जेष्ठ २०७५, मंगलवार
0 Shares
Rss Images 1528193589843 KB Ktm 20130206 DSC 2454
u[xdGqL yfkf / /fhb”t xf]ª e]6 u[xdGqL /fdaxfb’/ yfkf;Fu d+unaf/ u[xdGqfnodf lzi6frf/ e]6jftf{ ub}{ g]kfnsf nflu rLgsf /fhb”t o’ xf]ª . tl:a/ M ls/0f e§/fO{, /f;;

काठमाडौँ, २२ जेठ : गृहमन्त्री रामबहादुर थापा बाललेले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोवार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका हुन् ।

Rss Images 1528193589843 KB Ktm 20130206 DSC 2454
गृहमन्त्री थापासँग मंगलबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि चीनका राजदूत यु होङ ।

भेटमा राजदूत होङले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाउनुभएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरिन् । उनले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह समेत गरिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।

राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिइन् । उनले गृहमन्त्रीका रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताइन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७