नेपालमा सुन तस्करी रोक्न गृहमन्त्रीले मागे चीनको सहयोग


२२ जेष्ठ २०७५, मंगलवार
0 Shares
Rss Images 1528193589843 KB Ktm 20130206 DSC 2454 1

काठमाडौं, २२ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

Rss Images 1528193589843 KB Ktm 20130206 DSC 2454 1
गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि चीनकी राजदूत यु होङ भेटवार्ता गर्दै । तस्विर : रासस

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोवार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भेटमा राजदूत होङले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गर्दै नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरिन् ।

उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छन् । उनले गृहमन्त्रीका रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताइन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७