हराइरहेकी किशोरीको शव पशुपतिको जंगलमा भेटियो


२ चैत्र २०८०, शुक्रबार
susmita

काठमाडौं । काठमाडौं पशुपतिको जंगलमा एक किशोरीको शव फेला परेको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले जानकारी दिए ।

आज बिहान मर्निङवाक गर्न जानेहरु देखेपछि प्रहरीलाई खबर गरेको उनले बताएका छन् । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा किशोरीले आत्महत्या गरेको हुनसक्ने देखिएको थेवेले बताए । घटनाबारेथप अनुसन्धान भइरहेको उनले बताए ।

थापा केही दिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै आएकी थिइन् । उनी केही दिनअघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७