सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी


२ चैत्र २०८०, शुक्रबार
cib kiran

काठमाडौं । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करीसम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी थालिएको हो ।

उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ । बज्राचार्य एक वर्षभन्दा अगाडिदेखि सीआईबीको प्रमुख छिन् । आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

ब्यूरोले सुनकाण्डका आरोपी जीवन चलाउनेलाई कार्यालयमा हाजिर गराएर पनि कागज मात्र गराएर छाडेको आयोगले तथ्य फेला पारेको छ । कतिपय सरकारी कर्मचारी र पूर्व सभामुख कृष्णबहादुर महरा लगायतलाई जोगाएको आरोप पनि सीआईबीमाथि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७