वातावरण दिवसमा टानद्वारा स्वयम्भू क्षेत्र सरसफाई (फोटोफिचर)


२२ जेष्ठ २०७५, मंगलवार
tan wolrd enviroment day 2

काठमाडौं, २२ जेठ । टे्किङ् एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले स्वयम्भु क्षेत्र सरसफाई गरेको छ । ४४ औं विश्व वातावरण दिवसको अवसरमा मंगलवार स्वयम्भू क्षेत्रमा  सरसफाई तथा जनचेतना अभियानको कार्यक्रम गरेको हो । बिहान ७ बजे स्वयम्भू, बुद्पार्कबाट सुरु भई बिहान १० बजे आनन्दकुटिमा गई समापन गरिएको थियो ।

‘प्लास्टिक प्रदुषण निर्मुल पारौः पुर्नप्रयोग गर्न नसके बहिस्कार गरौं’ भन्ने मूल नाराका साथ विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूनाथ परिसरमा सरसफाई तथा जनचेतना कार्यक्रम आयोजना गरेको टानका मिडिया संयाेजक गोपाल श्रेष्ठले जानकारी दिए ।

विश्वसम्पदा सुचिमा रहेको स्वयम्भूनाथ, काठमाण्डौं उपत्यकाको अत्यन्त पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको स्वयम्भू क्षेत्रको सरसफाई र जनचेतना कार्यक्रम आयोजना गरेको कुरा टानका अध्यक्ष दाहालले जनाए । नेपालको वातावरण दिनहुँ प्रदुषित भई रहेको कारण टानले स्वयभूलाई मात्रै केन्द्रित नगरी केही समय अगाडी ठमेलबाट यस अभियानको सुरुवात गरेको बताए । टानले आउँदो दिनहरुमा पनि यस अभियानलाई जारी राख्ने जानकारी दिए ।

नेपालको पर्यटन क्षेत्रमा प्रकृति र संस्कृति दुवैको ठूलो भूमिका हुने कारणले गर्दा यसको संरक्षण गर्नुपर्ने कुरामा कार्यक्रमका प्रमुख अथिति जोशिले जोड दिए । नेपालको पर्यटकीय गन्तव्यमा करिव ९०५ प्राकृतिक सुन्दरता भएको हुँदा सरसफाई र स्थानीय तहमा जनचेतना गराउनुपर्ने बताए ।

टान महासचिव आङ पेम्बा शेर्पाले टान र अरु विभिन्न संस्थाले पनि पछि आउने दिनहरुमा यस्ता कार्यक्रमको आयोजना गर्ने कुरा बताए ।वडा १५ का अध्यक्षले स्वयम्भू क्षेत्रमा विभिन्न संस्था र स्थानीयहरुको सहयोगमा प्यास्टिक मुक्त क्षेत्र बनाउने जानकारी दिए ।

कार्यक्रमको समापनमा पर्वातारोहण तथा वातावरण विभागका संयोजक पि.के. शेर्पाले पर्यटन र वातावरणको गहिरो सम्बन्ध रहेको कारण सबै पर्यटन व्यवसायी तथा स्थानीयहरुले वतावरण असंतुलनबाट पर्यटन क्षेत्रमा आउने चुनौतीहरुलाई बुझेर यस अभियानलाई अगाडी बढाउनुपर्ने कुरा बताए ।

यस कार्यक्रममा स्वयम्भू क्षेत्रका डि.एस.पि. सुडिन शाही, पर्यटक प्रहरीका निरीक्षक रुपा थापा, मनाङ्ग समाजका प्रतिनिधिहरु, लिभ टू लभका प्रतिनिधिहरु, नाथमका विद्यार्थीको सहभागी रहेको थियो ।

tan wolrd enviroment day 2

tan wolrd enviroment day 3

 

tan wolrd enviroment day 1

tan 2

 

tan 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७