एआइजी श्याम ज्ञवाली बने सीआईबी प्रमुख


२०८० चैत २ शुक्रबार ११:४९ बजे

काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख बनाउने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सुन तस्करी प्रकरणलाई लिएर विवादमा मुछिएपछि वर्तमान सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ । सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएको हो ।

साथै सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको उनले जानकारी दिइन् । सुन तस्करी जाँचबुझ आयोगले चैत १ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने मन्त्रिपरिषद बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले जानकारी दिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७