सरकारले भन्यो–सुन प्रकरणमा दोषी सबैलाई कारवाही हुन्छ, को कसको मान्छे भन्ने अवस्था छैन


२ चैत्र २०८०, शुक्रबार
cabinet
फाइल फोटो

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको प्रतिवेदन आवश्यक अध्ययनपछि कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिइन् । ‘सरकार यो प्रकरणमा कोही पनि दोषी छुट्न नहुने निर्णय गरेको छ । प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिइसक्नु भएको छ’, शर्माले भनिन्, ‘अब को कसको मान्छे भनेर चुप बस्ने अवस्था छैन । जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई आयोगको प्रतिवेदनअनुसार कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो । यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरू समेतलाई आयोगले दोषी देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७