फेरि फुट्यो डा. बाबुरामको पार्टी : महिन्द्र यादव पक्ष माओवादी केन्द्रमा समाहित


३ चैत्र २०८०, शनिबार
Prachanda baburam mahindra

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको छ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र यादव पक्षबीच पार्टी एकता गर्ने सहमति भएको छ । माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ । पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए । नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन् । उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७