जङ्गलको डढेलो बस्तीमा पस्दा भोजपुर टक्सारमा ६ घर जले, आगो नियन्त्रण बाहिर


३ चैत्र २०८०, शनिबार
fire

भोजपुर । भोजपुरमा जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दाा ६ वटा घर जलेर नष्ट भएका छन् । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागी भएको हो । शनिबार दिउँसो जंगलबाट सुरु भएको डढेलो हावाहुरीका कारण बस्तीमा सल्किँदा ६ घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना र प्रहरीसहित स्थानीय बासिन्दाहरू जुटेका छन् । डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी रहे पनि आगो अझै फैलिइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

स्थानीय दुर्गा श्रेष्ठका अनुसार मालबाँसेको केही घरमा क्षति सँगै आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ । पहाडी क्षेत्रमा सुख्खायाम सुरू भएसँगै वनमा लाग्ने डढेलोले वर्षेनी नजिकैका बस्तीमा जोखिम बढ्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७