प्रावि शिक्षक अन्तर्वार्ता : यस्तो छ हेर्नुस् ४६ जिल्लाको नतिजा


३ चैत्र २०८०, शनिबार
Teacher 3

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ । आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्ताङ्कका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगले आज चैत ३ गते शनिबार धादिङ, मकवानपुर र रौतहट जिल्लाको अन्तरर्वार्तासहितको नतिजा प्रकाशन गरेको हो । त्यसैगरी आयोगले उदयपुर र गुल्मी जिल्लाको अन्तरर्वार्ताको नतिजा पनि प्रकाशन गरेको छ ।

धादिङ, मकवानपुर, रौतहट, उदयपुर, गुल्मी, भक्तपुर, भोजपुर, धनकुटा, पाँचथर, दोलखा, सुनसरी, सिराहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके, बर्दिया, झापा, तनहुँ, मनाङ, पर्वत, रोल्पा इलाम, हुम्ला, जुम्ला, दैलेख, अर्घाखाँची, सुर्खेत, डोल्पा, खोटाङ, बैतडी, दार्चुला, रुकुमपूर्व, बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा. कञ्चनपुर, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र स्याङ्जा जिल्लाको नतिजा प्रकाशन भइसकेको आयोगले जनाएको छ ।
हेर्नुस् नतिजा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७