खेलाडीका नाममा मानव तस्करी गरेको पाए प्रशिक्षकलाई कारवाही गर्छु : मन्त्री श्रेष्ठ

‘मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउँछु’


३ चैत्र २०८०, शनिबार
Biraj bhakta shrestha

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने बताएका छन् । आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन अवसरमा शनिवार मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रस्तावमा काम गर्ने जानकारी गराएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले दुई महिना अगाडि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि खेलकुद मन्त्रालयमार्फत प्रस्ताव ल्याएका थिए । सोही प्रस्तावबारे नवनियुक्त मन्त्री श्रेष्ठले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने समेत बताएका छन् । यद्यपि, मन्त्री श्रेष्ठले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे भने खुलाएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७