प्रतिनिधिसभाको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल


४ चैत्र २०८०, आईतवार
samsad 2 scaled

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालय बिधेयक–२०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

साथै आ.व. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Capture.JPG 2069

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७