जनमत पार्टीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने


४ चैत्र २०८०, आईतवार
432451027 7664784706885752 6556628816326308488 n.jpg

वीरगञ्ज । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि जारी रहने छ । हिजोदेखि वीरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक वीरगञ्जको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ ।

सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सीके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भूमिकाका बिषयमा ब्रिफिङ गरेका छन् ।

जारी बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल गरिरहेको छ । बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरुको सहभागी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७