ओपन–एआईबिरूद्ध मुद्दा हालेको भन्दै मस्कलाई पठाएका थिए अल्टम्यानले ‘घटिया म्यासेज’


४ चैत्र २०८०, आईतवार
musk

न्युयोर्क । एलन मस्कले मुद्दा दायर गरेपछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ । एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारीविरुद्ध मुद्दा दायर गरेको दुई हप्तापछि अल्टम्यानको प्रतिक्रिया आएको हो । एक अन्तर्वार्तामा ओल्टम्यानले भने कि यसबारे थाहा पाए लगत्तै उनले टेस्लाका सीईओलाई एउटा टेक्स्ट पठाएका थिए ।

ओल्टम्यानले प्राविधिक पत्रकार कारा स्विसरसँगको अन्तर्वार्तामार्फत यो खुलासा गरेका हुन । सो क्रममा अल्टम्यानले मस्कका लागि ‘केही नराम्रो’ लेखेको बताएका छन् । केरेनले सोधे कि, ‘तपाईंले डब्लुटिएफ जस्तो केही लेख्नु भएको छ ?’ जवाफमा सामले भने, ‘यो त्यो भन्दा अलि राम्रो थियो । मलाई याद छैन । तर तिमीले शब्दको आत्मा बुझ्न सक्छौ भनेको थिएँ ।’ पछि इमोजीमार्फत मात्रै दुईबीच केही कुराकानी भएको उनले बताए । एलन मस्कले ओपनएआई र कम्पनीका सीईओ साम अल्टम्यान लगायत कम्पनीका अन्यविरुद्ध करार सम्झौता उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेका थिए ।

साम अल्टम्यानले पछि भने, ‘उनी बुझ्छन् कि एलोन मस्क साँच्चै एआई सुरक्षाको बारेमा चिन्तित छन् तर म पुरानो एलन सम्झन्छु । म उहाँसँग निरपेक्ष नायकको रूपमा हुर्केको छु ।’ ओपनएआईका सह संस्थापक ग्रेग ब्रोकम्यानसँग ओपन सोर्स, गैर–लाभकारी कम्पनी खोल्नेबारे ओल्टम्यानले मस्कसँग सम्पर्क गरेका थिए तर मस्कले अहिले मुद्दा लगाएको बताए । यो कम्पनीले मानिसको फाइदाको लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विकास गर्छ । तर, कम्पनीले अहिले नाफा कमाउनेमा मात्र ध्यान दिएको छ ।

सीईओको बयान अघि कम्पनी (ओपन–एआई) ले आरोप अस्वीकार गर्दै एक विज्ञप्ति जारी गर्‍यो र भन्यो, ‘हामीलाई दुःख लागेको छ कि हामीले धेरै प्रशंसा गरेका व्यक्तिसँग यो अवस्था आएको छ, जसले हामीलाई उच्च लक्ष्यमा पुग्न मद्दत गर्‍यो ।’ ‘त्यसपछि भने जब हामीले ओपन एआईको मिशनतर्फ अर्थपूर्ण प्रगति गर्न थाल्यौं तब हामीलाई असफल बनाउनका लागि हामी माथी मुद्दा हाल्ने काम भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७