प्रतिवेदनले दोषी देखाएका महरासहित सबैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

हडपिएको बाँसबारीको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै थाल्न निर्देशन


४ चैत्र २०८०, आईतवार
rabi nirdesan

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवाली समेतलाई बोलाएर उनले प्रतिवेदनले दोषी देखाएकाहरूलाई कारबाही गर्न भनेका हुन् ।

गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कुनै दबाब र प्रभावमा नपरी कारबाही गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो । यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ । लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरू गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७