प्रदेश नम्बर एकको महासंघले ‘मेरो पत्रकारिता’ प्रकाशन गर्ने


२२ जेष्ठ २०७५, मंगलवार
Bikram Luitel

विराटनगर, २२ जेठ:  नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन माग गर्दै प्रदेशका सबै स्थानीय तहमा मागपत्र बुझाउने भएको छ । प्रदेश समितिको सोमबार विराटनगरमा सम्पन्न दोस्रो बैठकले सञ्चार क्षेत्रका विभिनन्न समस्या समाधानको लागि प्रदेश सरकार र स्थानीय तहको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

Bikram Luitel
मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाउदै अध्यक्ष लुईटेल

बैठकले गरेको निर्णय अनुनसार समानुपातिक विज्ञापनि नीति लागू गर्ने स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा उपलब्ध गराउनुपर्नेसहितका मागपत्र समेटिएको पत्र सोमबार नै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई बुझाईसकेको समितिले जनाएको छ । प्रदेशका सबै स्थानीय तहमा महासंघको जिल्ला शाखासँगको समन्वयमा असार ७ गते एकसाथ स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन, स्थानीय तहको सूचनामा पत्रकारको सहज पहुँच उपलब्ध गराउन र पत्रकारिताको विकासमा सहयोग गर्न मागसहित ज्ञापनपत्र पेश गर्ने निर्णय गरिएको प्रदेश समितिका महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ ।

महासंघको प्रदेश समिति बैठकले ३० वर्षभन्दा लामो समयदेखि पत्रकारितामा निरन्तर सक्रिय प्रदेशका अग्रज पत्रकारहरुको अनुभवलाई समेटिएको ‘मेरो पत्रकारिता’ नामक पुस्तक प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । अग्रजहरुको अनुभव, योगदानको अभिलेखिकरण गर्नका लागि यो पुस्तक प्रकाशन गर्न लागिएको प्रदेश नम्बर एकका अध्यक्ष बिक्रम लुईटेलले बताए । उनले भने, ‘हाम्रा अग्रजहरुको अनुभव हाम्रा लागि अमुल्य सम्पति हुन्, त्यो अनुभवको अभिलेखीकरण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्ने योजना हो । सँगै यसले उहाँहरुको योगदानको सम्मान पनि गर्नेछ ।’ सो पुस्तक र प्रदेश समितिको अन्य प्रकाशनको लागि उपाध्यक्ष सोमनाथ सुसेलीको संयोजकत्वमा तीर्थ सिग्देल, रेजिना गौतम, शशी कोइराला र रीता मोक्तान रहेको समिति गठन गरिएको जनाइएको ।

यसैगरी पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने सक्रिय र उर्जाशिल पत्रकारलाई प्रोत्साहन गर्ने उद्देष्यले सम्मान र पुरस्तकृत गर्ने निर्णय गर्दै बैठकले त्यसको लागि कायविधि निर्माण गर्न महासचिव विवेक गौतमको संयोजकत्वमा समिति गठन गरेको छ । प्रदेश समितिको बैठकले प्रदेशभरीका पत्रकार महासंघको सदस्यता र नविकरणको अवस्थाबारे जिल्ला शाखाहरुसँग १५ दिनभित्र रिपोर्ट माग गर्ने र सदस्यता शुद्धिकरणको लागि जिल्ला शाखाहरुको समन्वयमा आवश्यक विधि निर्माण गरी लागू गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७