मलेसियाको ठगी प्रकरणः गोविन्द थपलिया पक्राउ पर्नासाथ छुटे, कैलाश खड्कालाई आरजुको संरक्षण ?


२२ जेष्ठ २०७५, मंगलवार
kailash khadka

काठमाडौं, २२ जेठ । सरकारले यातायातको सिन्डिकेटपछि मलेसिया जाने कामदार पठाउँदा हुँदैआएको ब्रम्हलुट रोक्ने कदम चालेको छ । बायोमेट्रिकका नाममा मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा ब्रम्हलुट गर्ने ३९ वटा स्वास्थ्य संस्थाका ४८ जना संचालकहरु पक्राउ परेकोमा ११ जना धरौटीमा छुटेका छन् । तिनमा याख्खा ओभरसिजका भीम रोक्का र मेरिडियनका देवान राई छुटेका छन् । भीम रोक्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतको अनुरोधमा २० हजार धरौटीमा छुटेका छन् । याख्खा ओभरसिजमा बस्नेतका छोरा कमल बस्नेत समेत साझेदार हुन् ।

kailash khadka

देवान राई ५१ लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् । सोमबार र मंगलबार पनि केही छुटेका छन् । बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टेप, जीएसजीका नाममा मलेसिया जाने कामदारले १८ हजार ४ सय रुपैयाँ तिर्दैआएका छन् ।
सन् २०१३ मा नेपाली कामदारहरूको संकलित राहदानीलाई भिसा लगाउन मलेसियाली दूतावाससम्म पु¥याउन भीएलएन स्थापना गरी कामदारसँग ३ हजार २ सय रुपैयाँ लिन थालियो । पासपोर्ट संकलनका लागि छुट्टै ‘वान स्टेप सेन्टर’ खडा गरियो, त्यहाँ पनि कामदारले अरू ३ हजार २ सय रुपैयाँ बुझाउनुपर्ने भयो । अध्यागमन स्वीकृतिका लागि ‘फिंगरिङ’ लिन भनेर जीएसजी बनाइयो, त्यहाँसमेत थप ३ हजार २ सय रुपैयाँ कामदारका थाप्लामा थपियो । कतिसम्म भने, मेडिकल चेकअपका लागि नाम लेखाउनै ‘माइग्राम्स’ बनाइयो, जहाँ कामदारलाई थप ३ हजार २ रुपैयाँ खर्चिन लगाइयो । यस्तै, बायोमेडिकलमा पनि एकाधिकार कायम गरियो । नेपाल सरकारले तोकेका २ सय ३४ मध्ये ३९ वटा संस्थालाई मात्र मलेसियाले यस्तो अधिकार दियो ।
४ बर्षअघि यस्ता अनेक शीर्षकमा ठगी हुँदैनथ्यो । भिसाको ७ सय र स्वास्थ्य परीक्षणको २६ सय रुपैयाँ तिरे पुग्थ्यो । तर ४ बर्षअघि श्रम राज्यमन्त्री भएका टेकबहादुर गुरुङले करोडौं घुस खाएर अनुमति नै नदिई यसरी ठगी गर्न छुट दिएका थिए ।
यीमध्ये भीएलएनका संचालक राम श्रेष्ठ पक्राउ परे तर जीएसजीका नाममा ब्रम्हलुट गर्ने गोविन्द थपलिया पक्राउ पर्नासाथ छुटे । नेपाल प्रहरीका पूर्व डीएसपी थपलिया एमालेका एक मन्त्रीको दबाबमा छुटेका हुन् । बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने सिन्डिकेटवालाहरुको संघका अध्यक्ष कैलाश खड्का र प्रवीनबाबु तिवारी पनि अहिलेसम्म पक्राउ परेका छैनन् । बायोमेट्रिकका मुख्य डन नै कैलाश खड्का र तिवारी हुन् । कैलाश खड्का र तिवारीलाई प्रहरीले फरार भन्दैआएको छ । कैलाश खड्का र तिवारी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको संरक्षणमा रहेको समाचार छ ।

बायोमेट्रिकमार्फत् नेपाली कामदारमाथि हुँदैआएको ठगीधन्दा बन्द गर्न पटक पटक आवाज उठाए पनि आरजु देउवा र टेकबहादुर गुरुङकै संरक्षणमा ठगी गर्दैआएका थिए । थपलियाको जीएसजीमा नेपाल प्रहरीका पूर्व एसपी स्थानेश्वर रेग्मी पनि संलग्न रहेको स्रोतले बताएको छ । डेढ बर्षअघि अवकाश पाएका रेग्मी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, प्रशासन शाखा, पाल्पा, सवारी अनुमतिपत्रको हाकिम भएर अकूत सम्पत्ति आर्जन गर्नेमा रेग्मी पर्दछन् । जागिरबाट अवकाश भएपछि उनी पनि थपलियासँगै जीएसजीमा आवद्ध भएर मलेसिया जाने कामदारसँग प्रतिब्यक्ति ३ हजार २ सय रुपैयाँ असुली गर्दैआएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७