पर्सामा स्कुले बालिकादेखि महिलाहरुको अश्लिल भिडियो बनाएको आरोपमा एक जना पक्राउ


२०८० चैत ४ आइतबार ०७:२६ बजे

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–५ निवासी सज्जाद अहमद रहेका छन् ।

स्थानीयहरूले अहमदले गाउँपालिका क्षेत्रभित्रका स्कुल पढ़ने सयौं बालिकादेखि गाउँका महिलाहरूको अश्लिल भिडियो बनाएको भन्दै स्थानीयले प्रहरीलाई जिम्मा लगाएका हन् । प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ ।

वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ ।
दोषीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने भन्दै स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका छन् । स्थितिलाई नियन्त्रणमा लिनका लागि इप्रका पोखरीया, बिओपी भिस्वाको परिचालन गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७