एकीकृत समाजवादी छाड्न सांसद दीपक मनाङ्गेले दिए निवेदन


४ चैत्र २०८०, आईतवार
dipak

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका छन् । उनले समाजवादी त्यागेर स्वतन्त्र सांसद कायम गर्न प्रदेश सभा सचिवालयलाई अनुरोध गरेका हुन् । मनाङ –ख) बाट सर्वसम्मत निर्वाचित भएका मनाङे पछि माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

आज (आइतबार) बाटै लागू हुने गरेर दलीय आबद्धता त्यागेको गुरुङले जनाएका छन् । बिना कारण र अनयासै केन्द्रमा फेरि रहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन आफू सधैं प्रतिवद्ध रहेको उनको भनाइ छ । केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहँदा पनि एमाले माओवादीको गठबन्धनलाई बहुमत पुर्‍याउन सहज अवस्था देखिंदैन ।

त्यसो हुँदा गण्डकी प्रदेशसभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा देखिन्छ । आफू मध्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको उनको भनाइ छ । स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र अब नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता, संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवालयमा उनले निवेदन दिएका छन् । कानुन अनुसार सांसदले आबद्ध भएको छाडेमा दल त्यागसम्बन्धी प्रावधान आकर्षित भएर पद नै जान्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७