रूसमा सन् २०१८ को भन्दा बढी खस्यो मत, हिंसाको आरोपमा ४७ जना पक्राउ


५ चैत्र २०८०, सोमबार
Capture.JPG 2081

मस्को । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो ।

तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन यस चुनावमा मुख्य उम्मेदवार हुन् र ६ वर्षको पाँचौं कार्यकालका लागि पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ । यसैबीच, निर्वाचनको अन्तिम दिन आइतवारसम्म राष्ट्रपतीय निर्वाचनको सिलसिलामा रुसका १३ सहरमा ४७ जनाभन्दा बढी प्रदर्शनकारी र आन्दोलनकारीलाई पक्राउ गरिएको छ ।

ओभिडी इन्फो विरोध–अनुगमन समूहले यो जानकारी दिएको हो । रसियाको राष्ट्रपतीय निर्वाचनमा आइतवार ६७.५४ प्रतिशत मतदान भएको थियो, जुन २०१८ को स्तरलाई पार गरेको छ । मतदान समाप्त हुनु केही घण्टा अघि तास समाचार एजेन्सीले रूसमा २०१८ मा मतदान ६७.५ खसेको जानकारी दिंदै उक्त जानकारी दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७