अमिर खानले भने, ‘म, शाहरूख र सलमान सँगै फिल्म खेल्न इच्छुक छौं, तर राम्रो स्क्रिप्टको खोजीमा छौं’


५ चैत्र २०८०, सोमबार
salman sharukh amir

मुम्बइ । आमिर खानले हालै आफ्नो ५९ औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले इन्स्टाग्राम लाइभ सेसनमार्फत फ्यानहरूसँग अन्तरक्रिया गरेका थिए । सोही क्रममा एक फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा उनलाइ प्रश्न गरेका थिए । जसको जवाफमा आमिरले तीनै जना सँगै फिल्म गर्न तयार रहेको बताए ।

आमिरले भने कि तीनै जनाले यस विषयमा कुरा गरेका छन् । तीनै जनाले फ्यानका लागि सँगै फिल्म बनाउनु पर्छ भन्ने लाग्छ । यसबारे आमिरले थप भने, ‘मलाई पनि लाग्छ कि हामी तीनै जनाले फिल्ममा सँगै काम गर्नुपर्छ । म, सलमान र शाहरुखले हाम्रो करियरमा हामी तीनै जनाले पक्कै पनि सँगै फिल्म गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा गरेका छौं । यद्यपि अब के हुन्छ हेरौं । मलाई आशा छ कि जब हामीले राम्रो कथा पाउँछौं, हामी पक्कै पनि सँगै देख्नेछौं ।’

उनले अगाडि भने, ‘मलाई लाग्छ हामी तीनै जना एक अर्कासँग काम गर्न निकै उत्सुक छौं । यो अब धेरै समय भएको छ, तर हामीलाई निश्चित रूपमा यसको लागि सही समय चाहिन्छ ।’ आमिर, शाहरुख र सलमान ३० वर्षदेखि फिल्मको हिस्सा बनेका छन् । मुख्य भूमिका होइन तर सबैले एकअर्काको फिल्ममा क्यामियो गरेका छन् । यसै क्रममा आमिर र सलमानले फिल्म ‘अंदाज अपना अपना’ मा सँगै काम गरेका छन् । तर शाहरुख र आमिरले कुनै पनि फिल्ममा सँगै मुख्य भूमिका खेलेका छैनन् । शाहरुखले आमिरको फिल्म लाल सिंह चड्ढामा भने केमियो गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७