भागवत कथा वाचक शीतलकृष्ण महाराजले हिंसा र अन्याय गरेको श्रीमतीको आरोप


२०८० चैत ५ सोमबार ०७:१९ बजे

काठमाडौँ । भागवत कथा वाचक आचार्य श्री शीतलकृष्णजी महाराजले हिंसा गरेको आरोप उनकी श्रीमतीले लगाएकी छन् । उनकी श्रीमती सुकृति पौडेल भुसालले काठमाडौँमा पत्रकार सम्मेलन गरी पतिले आफूमाथि हिंसा र अन्याय गरेको आरोप लगाएकी हुन् ।

सनातन हिन्दू धर्मको प्रचार गर्दै हिड्ने श्रीमानले सात जूनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमतीलाई मन लागुञ्जेल भोग गरेपछि बीचैमा छाडेर भाग्नु हिन्दु परम्परा विपरीत भएको सुकृतिले बताएकी छन् । धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएपछि आफू सार्वजनिक रुपमा बोल्नु वाध्य भएको उनले बताएकी छिन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको आरोप लगाएकी छन् ।

उनले भनिन्, ‘हाम्रो विहे भएको तीन वर्ष भयो । विवाहपछि केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुव्र्यवहार र दुश्चरित्रहरु मैले अनुभव गर्न थालें। मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने आदि घटना हुन थाले ।’

उनले भनिन्, ‘यति मात्र होइन् मलाई भु्ररुण हत्या गर्न विवश बनाइयो । म सहँदै गएँ । मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ । अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी आयो । म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ । मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ?’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७