मेयरको निर्देशनमा पीएसओले कुटे सेवाग्राही

काठमाडाैं, २३ जेठ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोका अंगरक्षक (पीएसओ)ले कार्यालय आएका एक सेवाग्राहीलाई मंगलबार निर्घात कुटपिट गरेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा दरबन्दी भई विगत एक वर्षदेखि मेयर फागोको सुरक्षामा खटिएकाप्रहरी हवल्दार सम्पत राजवंशी र उनका सहयोगीले उर्लाबारी न्यायिक समितिमा छलफल गर्न आएका सेवाग्राहीलाई मंगलबार दिउँसो निर्घात कुटपिट गरेका हुन् ।
मेयरकै निर्देशनमा बहिनी–ज्वाइँको विवाद मिलाउन उर्लाबारी नगरपालिकामा आएका सेवाग्राही सुनसरी इटहरीका मनीष भण्डारी, उनका दाजुहरु सुमन र रलोकबहादुर भण्डारीमाथि कुटपिट भएको हो ।