बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन विवादमा सर्वोच्चले चैत १२ गते फैसला सुनाउने


६ चैत्र २०८०, मंगलवार
durga prasai Pactvq5IIK

काठमाडौं । बि एन्ड सी मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्च अदालतले फैसला दिने भएको छ । व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको दुई र अर्को एक रिटमाथि १२ चैतमा फैसला आउने भएको हो ।

तीन दिनको सुनुवाइपछि मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो । न्यायाधीशहरू कुमार चुडाल र शारंगा सुवेदीको इजलासले तीन वटै रिटमाथि १२ चैतमा फैसला दिने भएको हो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे झापाको बिर्तामोडस्थित उक्त कलेजलाई सम्बन्धन नदिइएको विषयमा प्रसाई समेतले विभिन्न मितिमा रिट दर्ता गराएका थिए । कलेजकै विषयमा ०७७ देखि ०७८ सम्म तीन रिट परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७