एउटै कोठामा पाँच कक्षाको पढाइ, छोरी पढाउन साइकल बाँड्दै राउत

काठमाडाैं, २३ जेठ । प्रदेश २ सरकारले ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ अभियानअन्तर्गत आठ जिल्लामा सात सय साइकल वितरण गर्ने भएको छ । अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।
मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा यो अभियान रहेकाले यसलाई सफल पार्न साइकल खरिद गरी वितरण गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्न लागिएको छ । ५० देखि १ सय थानसम्म पर्ने गरी साइकल आठै जिल्लामा बाँड्ने तयारी गरिएको मुख्यमन्त्रीका स्वकीय सचिवले बताएको छ ।
अन्नपूर्णमै सप्तरीको हनुमाननगर कंकालिनी ६ कदमाहास्थित राष्ट्रिय प्राविमा कक्षा ५ सम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेको समाचार छ ।
विद्यालयमा ६ वटा कोठा छन् तर दुइटा जोमिखपूर्ण रहेको जनाइएको छ । अन्य कोठामा पुराना फर्निचर राखिएको छ । कक्षा १ मा २४, २ मा २२, ३ मा १२, ४ मा १८ र ५ मा १० गरी ८६ विद्यार्थी अध्ययनरत छन् ।