शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी


२३ जेष्ठ २०७५, बुधबार
cow nepal

राजविराज, २३ जेठ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेकाे छ ।

राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गरेको हो । आगामी आर्थिक वर्षमा एक-एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्ध गराउने भएका छन् ।

प्रदेश नं २ का मधेश आन्दोलनका क्रममा शहीद भएकाका आमा, बुबा, छोरा, छोरी र श्रीमतीलाई समेट्ने गरी यसअघि नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेका छन् । राहत प्रदान गर्ने नीतिअनुसार उन्नत जातका गाई र भैँसी प्रदान गरिने उनले बताए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७