यसरी रातारात खोसियो राजेन्द्र श्रेष्ठको मन्त्री पद


२३ जेष्ठ २०७५, बुधबार
upendra and rajendra shrestha 47

काठमाडौं,२३ जेठ । संघीय समाजवादी फोरमका नेता अशोक राईले आफ्नै समुदायका नेतालाई मन्त्री हुन रोकेका छन् । संघीय समाजवादी फोरममा पहाडे जनजातिमाथि विभेद भएको आवाज उठे पनि एक जनजाति नेता मन्त्री हुनै लाग्दा अर्का जनजाति नेताले रोक्न पुगेका छन् ।

upendra and rajendra shrestha 47
उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई मन्त्री बन्नबाट मधेशीहरुले होइन, अशोक राईले नै रोकेपछि यस्तो चर्चा हुन थालेको छ । काठमाडौं लगायतका पहाडी क्षेत्रबाट समानुपातिकमा फोरमलाई अति कम मत आएकाले मन्त्री बनाउँदा तराईबाटै बनाउन अध्यक्ष उपेन्द्र यादवमाथि चर्को दबाब परेकै थियो । तर पनि उनी राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाएर राष्ट्रिय नेताको छवि देखाउने प्रयासमा थिए । तर अन्तिममा फोरमका नेता अशोक राईले नै राजेन्द्र श्रेष्ठलाई मन्त्री बन्नबाट रोकेको खुलेको छ । राजेन्द्र श्रेष्ठलाई मन्त्री हुन लागेकोमा सबैले बधाइ दिइसकेपछि उनलाई नबनाई नेपालगंजका इस्तियाक राइनलाई बनाइएपछि उनी निकै दुःखी भएका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवले २०७५ जेठ १७ को बेलुकासम्म राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने भन्दैआएका थिए । तर १८ गते त मोहम्मद इस्तियाक राइन मन्त्री भए । यादवले श्रेष्ठलाई मन्त्री बनाउन लागेपछि नेता अशोक राईले उनलाई रोकेका हुन् । अशोक राई श्रेष्ठसँग प्रतिनिधिसभाको समानुपातिकतर्फको सांसद चयनदेखि नै रुष्ट भएका थिए । राईले श्रीमती सुशीला श्रेष्ठलाई समानुपातिक सांसद बनाउन चाहेका थिए । तर राजेन्द्र श्रेष्ठहरुले उनकी श्रीमतीलाई सांसद बनाउने कुराको चर्को विरोध गरे । र, नेपाली सेनाका पूर्व जर्नेलकी श्रीमती रेणुका गुरुङलाई बनाए ।

रेणुकालाई सांसद बनाउन राजेन्द्र श्रेष्ठले १ करोड रुपैयाँ सहयोग लिएको सूचना पनि फोरम नेतृत्वसमक्ष पुगेको छ । रेणुका गतबर्ष भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट मेयरमा चुनाव लडेर २ सय मत पाएकी थिइन् । राजपामा राजेन्द्र महतोले नरमाया ढकाललाई आर्थिक लेनदेन गरी सासद बनाएजस्तै फोरममा राजेन्द्र श्रेष्ठले रेणुका गुरुङलाई बनाएपछि अशोक राई उनीसँग रुष्ट भएका थिए । र, अशोकले पत्नी सुशीलालाई सांसद बनाउन नदिएको प्रतिशोध राजेन्द्र श्रेष्ठको मन्त्री पद अन्तिम समयमा आएर खोसेर साँधेका छन् । रेणुकालाई फोरममा जाँदा पनि जाँदिनन् । र, उनलाई फोरमका कार्यकर्ता त परै जाओस्, नेताले समेत चिन्दैनन् । फोरमका एक नेताले भने–‘उनी फोरमको सांसद कसरी भइन् ? पार्टी कार्यालयमा समेत आउँदिनन् । कसरी चिन्नु ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७