कालीकोटमा डढेलोमा परेर बाबु–छोरीको मृत्यु, ४५ वटा बाख्रा पनि जले


८ चैत्र २०८०, बिहीबार
dadhelo
फाइल फोटो

कालीकोट । कालीकोटको खाडाचक्र–५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु–छोरीको ज्यान गएको छ । स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबु–छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गएको शनिबार साँझ हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो । छोरीको सोमबार दिउँसो र बुवाको बुधबार मृत्यु भएको हो ।

आगोमा जलेर गम्भीर घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि छोरीको पनि सोही अस्पतालमा मृत्यु भएको थियो । जंगलमा बाख्रा चराउन गएको बेला उनीहरु डढेलोमा परेका हुन् । चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७