अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिकसहित दुई जना पक्राउ


२०८० चैत ८ बिहीबार ०७:११ बजे

झापा । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेका एक नाइजेरियन नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्तीका क्रममा नाइजेरियन नागरिक ३२ वर्षीय अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक ३० वर्षीय सनम राईलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्का नेतृत्वको टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जानकारी दिएको छ । भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध बाटो भएर नेपाल प्रवेश गराउन खोजेको पाइएको छ ।

नाइजेरियन नागरिक ओगेचुकुबाट ४ हजार ५ सय भारतीय रुपैयाँ, दुई थान मोबाइल, एक थान एनआइसी एसिया, एक थान नाइजेरियन पासपोर्ट, भिसा र भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय एटिएम, भारतीय रुपैयाँ १४ हजार ४२० फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । नाइजेरियन नागरिक ओगेचुकु भारतीय भिसामा २०२२ सेप्टेम्बर २५ तारिख नयाँ दिल्ली आएको रहेछ । उनको भिसा २०२३ सेप्टेम्बर २३ तारिखसम्म मात्र रहेको पाइएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७