नेपालकाे श्रीपेचमा भारतको ट्याग


२३ जेष्ठ २०७५, बुधबार
0 Shares
shreepech

काठमाडौं, २३ जेठ । चीनको राजधानी बेइजिङको दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ भित्र नेपालको श्रीपेचलाई भारतीय सामाग्रीका रुपमा प्रदर्शनीमा राखिएको पाइएको छ । तत्कालीन राजाको मुकुट अहिले नेपाल सरकारको बहुमूल्य सम्पत्तिका रुपमा संरक्षित छ ।shreepech

नेपालको श्रीपेच बेइजिङमा प्रदर्शनीमा राखिएको भए पनि नेपाललाई भने यस बारेमा कुनै जानकारी छैन । ‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षकमा बेइजिङको फोर्बिडन सिटीमा गत बैशाख ४ गते शुरु भएको प्रदर्शनी आगामी असार ४ गतेसम्म रहने छ । प्रदर्शनीको आयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्षको बाहिर राखिएको बोर्डमा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालको श्रीपेच भारतीय वस्तुको रुपमा प्रदर्शनीमा समेटिंदा गम्भीर त्रुटि भएको देखिन्छ । नेपाल सरकारको संरक्षणमा रहेको अत्यन्त महत्वपूर्ण सम्पत्ति श्रीपेचको प्रदर्शनी गर्दा त्यो सक्कली हो अथवा नक्कली हो भन्ने कुरामा चिनियाँ सरकारले वास्ता गरेको देखिंदैन भने प्रदर्शनी अगाडि नेपालसँग यस बारेमा कुनै परामर्श गरिएको छैन । श्रीपेचको मुनि ‘नेपालको श्रीपेच’ लेखेर त्यहाँ भएका बहुमूल्य बस्तुको विवरण लेखिएको छ ।

नेपालको तत्कालीन राजतन्त्रको प्रतीकका रुपमा रहेको श्रीपेच हेर्नका लागि अधिकांश नेपालीहरु व्यग्र प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले २०६८ सालतिरै नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि श्रीपेचलाई प्रदर्शनीमा राख्ने निर्णय गरेको थियो । तर, सुरक्षा चुनौतिका कारण अहिलेसम्म प्रदर्शनीमा राख्न सकेको छैन । नेपालका तत्कालीन राजाको श्रीपेचलाई अहिलेसम्म स्वदेश तथा विदेश कहीँ पनि प्रदर्शनी नगरिएको सम्बन्धित विज्ञहरु बताउँछन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७