लगानीकर्ताको आन्दोलनले ‘लत्रियो’ सरकार, पूरानै व्यवस्थामा पूँजीगत लाभकर


२३ जेष्ठ २०७५, बुधबार
0 Shares
lav kar

काठमाडौं, २३ जेठ । लगानीकर्ताको चर्को विरोधपछि सरकारले हकप्रद र बोनस शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता लिएको छ ।lav kar

लगानीकर्ताको चर्को विरोध र आन्दोलनका कारण सरकारले आफ्नो निर्णय उल्टाएको हो । लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालु आर्थिक बर्षभरी पूरानै ब्यवस्था अनुशार पूँजीगत लाभकर गणना गर्ने निर्णय भएको छ । सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित सुझाव समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै अनुसार अगाडि बढ्ने गरी हाललाई पूरानै ब्यवस्था कायम गरिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विभागले आइतबारदेखि कार्यान्वयन हुने गरी लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड, सिडिएससी र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । यता मन्त्रालयले लगानीकर्तासँग वार्ता गरेको थियो । वार्तामा मन्त्रालयका अधिकारीले तत्काल निर्णय फिर्ता लिने आश्वासन लगानीकर्तालाई दिएका छन् ।

राजश्व विभागको निर्देशनसँगै लगानीकर्ताको चर्को विरोध र कारोबार नै ठप्प पारेपछि विभाग पछाडि हटेको हो । लगानीर्ताले सोमबारदेखि विभागको निर्देशन फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका थिए । दोस्रो बजारमा सोमबारदेखि कारोबार नगर्ने भनिएता पनि लगानीकर्ता संघ संगठन मन्त्रालयमा बार्ताको लागि गएसँगै कारोबार भएको थियो ।

jagdamba.cement
rbbbb

सोमबार मन्त्रालयले लगानीकर्ताको गुनासो सुनेको थियो । त्यसपछि पुनः बार्ताम बस्ने भन्दै फिर्ता पठाएको थियो । लगानीकर्ताको बार्तासँगै मन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीसँगै अहिलेको विभागले निर्देशन गरे बमोजिम कर असुल उपर गर्न सकिन्छ कि सकिंदैन भन्दै राय माग गरेको थियो । तीन वटै निकायले अहिलेको प्रणाली अनुसार कर असुल गर्न सकिने बताएका थिए ।

आफ्नो माग संवोधन नभएपछि मंगलबार कारोबार ठप्प पारेका लगानीकर्तालाई साम्य पार्न मन्त्रालयले एक अध्ययन समिति बनाएको थियो। यसै समितिको निर्णयका आधारमा अगाडि बढ्ने भनिएको भएता पनि लगानीकर्ता भने बुधबार पनि आन्दोलनमै छन्। उनीहरुले सम्पुर्ण ब्रोकर कार्यालयमा कारोबार नगर्न दबाब दिएका छन् भने धितोपत्र बोर्डमा विरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७