मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु, १०० बढी घाइते


१० चैत्र २०८०, शनिबार
20240323 060005.jpg

मस्को । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो । सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो । सो हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । मस्कोस्थित अमेरिकी दूतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७