उच्च क्षमताका प्रशारण लाइन बनाउन देश दौडाहामा कुलमान, अब उद्योगलाई नियमित विद्युत


२३ जेष्ठ २०७५, बुधबार
0 Shares

काठमाडौं, २३ जेठ । नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रशारण लाइन निर्माण गर्ने तयारी गरिरहेको छ ।kulman

सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रशारण लाइनबाट मात्रै विद्युत आपूर्ति गरिरहेको प्राधिकरणले, अब १३२ केभी डबल सर्किट प्रशारण लाइनमार्फत उद्योगलाई विद्युत दिने तयारी गरेको छ । प्राधिकरणले यसका लागि अहिले औद्योगिक तथा विशेष आर्थिक क्षेत्र स्थापना हुने सम्भावित स्थान सुनसरी, सिराहा, धनुषा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेशन निर्माण गरिरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबारदेखि मंगलबारसम्म ती जिल्लामा निर्माणाधीन प्रशारण लाइन तथा सबस्टेशन आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या समाधान गर्न काम शुरु गरेको हो । यसका लागि सबस्टेशनको क्षमता बृद्धि तथा सुदृढीकरण गर्ने, नयाँ प्रशारण लाइन तथा सब स्टेसन निर्माण गर्ने लगायतका काम गरिरहेको छ ।

सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकर्षित गर्न उद्योगसम्म सडक र विद्युत आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीलगायतका जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत आपूर्ति पुग्ने र उत्पादित विद्युत खपत गर्न नसकी खेर जान नदिन योजनावद्धरुपमा प्राधिकरण लागेको हो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७