डिस होमले नेपाली कमेन्ट्रीसहित विश्वकप प्रत्यक्ष प्रशारण गर्ने


२३ जेष्ठ २०७५, बुधबार
fifa worlp cup

काठमाडौं, २३ जेठ । रुसमा अर्को साताबाट शुरु हुने विश्कप–२०१८ को प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रशारणमा वरिष्ठ कमेन्टटेटर संजीव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् ।fifa worlp cup

नेपालका लागि अधिकारिक प्रशारण डिस होम एक्सन स्पोर्ट्स र कान्तिपुर टेलिभिजनले गर्दै छन् । डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । यसबाहेक खेल शुरु हुनुअघि र खेलपछि पनि विभिन्न कार्यक्रमहरु डिस होमले प्रशारण गर्ने जनाइएको छ । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् ।

डिस होमले सार्वजनिक गरेको प्रोमोसन भिडियोमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का, गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जनलगायतका खेलाडीहरुको उपस्थिति छ । फुटबल बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईलगायतका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रशारण गरिने छ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । फुटबलको महाकुम्भ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७